ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का, चीनको सीमानजिकै केन्द्रविन्दु
काठमाडौं - ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेटमा चीनको सीमानजिकै केन्द्रविन्दु भएर ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको रोयटर्सले जनाएको छ ।
समाचारमा जनाइएअनुसार चीनको सीमाभन्दा ८२ किमी टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो ।
भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।