प्रमुख समाचार

राष्ट्रपति निर्वाचन : रास्वपा पर्ख र हेरको स्थितिमा

इकागज | फागुन १३, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्‍ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ ।

पार्टीका महामन्त्री एवम् प्रवत्ता मुकल ढकालले उपयुक्त समय हेरेर मात्रै राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्‍ने निर्णय गरिने बताए । ‘हामीले अहिले यस विषयमा तत्काल कुनै पनि निर्णय गरेका छैनौँ,’ उनले भने । 

रास्वपा निर्णायक अवस्थामा नरहेकाले पनि तत्काल निर्णयका लागि हतार नगरेको महामन्त्री ढाकालले बताए । ‘राष्ट्रपतिको विषयमा हामी निर्णायक अवस्थामा छैनौँ,’ प्रवत्ता ढकालले भने, ‘उपयुक्त समयमा हामी निर्णय लिनेछौँ ।’

पार्टी सभापति रवि लामिछानेको सांसद पद अदालतले खारेज गरेपछि रास्वपा वर्तमान सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने उसले कायमै राखेको छ । यसबारे पनि पार्टीले कुनै निर्णय लिएकाे छैन ।

राष्ट्रपति उम्मेदवारी दर्ता गराउन निस्केका पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयो’

इकागज | फागुन १३, २०७९

काठमाडौँ- राष्ट्रपतिका लागि उम्मेदवार तय भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको...

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको औपचारिक निर्णय

इकागज | फागुन १३, २०७९

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थ...

राजनीतिक समीकरण फेरिएसँगै सुदूरपश्‍चिममा जोगियो कांग्रेस सरकार

इकागज | फागुन १३, २०७९

कैलाली- केन्द्रमा फेरिएको समीकरणले सुदूरपश्चिमको कांग्रेस सरकार जोगिने भएको छ । मुख्यमन्त्री नियुक्त भएको...

२५ गते साँझ ७ बजेभित्र राष्ट्रपति निर्वाचनको मत परिणाम प्रकाशित गर्छौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

इकागज | फागुन १३, २०७९

काठमाडौँ- मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनप...

राष्ट्रपति उम्म‍ेद्‌वार छान्‍न कांग्रेस बैठक बस्दै : सिटौलालाई बनाउन प्रधानमन्त्रीको दबाब तर पौडेलकै सम्भावना बलियो

इकागज | फागुन १३, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजेका लागि का...