प्रमुख समाचार

मौसम पूर्वानुमान

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

इकागज | फागुन १६, २०७९

आजको मौसमः देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । साथै  प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्‍याउनेलाई ५० हजार जरिवाना

इकागज | फागुन १५, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्...

सुर्खेत आएर नेपालले भने : आँट हुनेले राजनीतिको कोर्स चेन्ज गर्छ

इकागज | फागुन १५, २०७९

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट हुनेले राजनीतिको ...

प्रधानमन्त्रीले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिए : उपाध्यक्ष पाैडेल

इकागज | फागुन १५, २०७९

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ...

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा गौतम विजयी

इकागज | फागुन १५, २०७९

काठमाडौ - काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम विजयी भएका छन् । आगामी ३ वर्ष...