संसद्

प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने

इकागज | साउन २, २०७९

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन् । 

सोमबार सिंहदरबारमा पत्रकारहरुसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका हुन् । 

उनले आइतबार प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको भन्दै सबैको बुझाइ मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ भन्ने रहेको बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निस्कर्ष अनुसार गर्ने भन्नुभएको सभामुख सापकोटाले जानकारी दिए । 

उनले भने – ‘हिजो उपसभामुखको शपथ थियो । त्यहाँ हामी राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राष्ट्रियसभाका अध्यक्षज्यू र एकैछिन पछि उपसभामुखज्यू पनि आउनुभएको थियो । त्यहाँ हाम्रो छलफल चल्यो । प्रधानमन्त्रीज्यूले भनेकै कुरा छलफल गर्दै जाउँ, के निस्कर्ष निस्किन्छ त्यही अनुसार गर्ने भन्ने कुरा भयो तर मोटामोटी हाम्रो सबैको बुझाई चाहिँ के भयो भने नोमिनेशनको दिन सम्म । पहिले विघटन हुँदा चाहिँ सभामुख र उपसभामुख रहने अरु जाने हुन्थ्यो । यो चाहिँ नोमिनेशन दिने दिनसम्म रहन्छ भन्ने खालको हाम्रो बुझाइ रह्यो । त्यति ठुलो मिटिङमा त बुझाइ मात्र रह्यो भन्ने कुरा छ भने यो संविधानविद्हरु सँग राम्रो छलफल गर्नुपर्ने विषय हो । त्यो छलफल होला ।’

सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरुसँग छलफल गर्नु आवश्यक रहेको पनि बताए । 

प्रचण्ड र आरजुको भेटबारे झुट प्रचार गरिएकोप्रति सांसद आलेमगरको आपत्ति

इकागज | साउन २, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रम...

सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायोः खिमलाल भट्टराई

इकागज | साउन २, २०७९

काठमाडौं -  राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निर...

पद बहाली गर्दै उपसभामुख भुसालले भनिन् - सदनलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेछु

इकागज | साउन १, २०७९

काठमाडौँ - उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण पश्चात...

संसदीय विशेष समितिद्वारा सिसिटिभीसँग सम्बन्धित इन्जिनियर र अर्थमन्त्रालयका उच्च अधिकारीसँग सोधपुछ

इकागज | साउन १, २०७९

काठमाडौँ - पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयक...

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

इकागज | असार ३१, २०७९

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता ...

तेस्रो लिंगीले नागरिकता पाउने कुरालाई यो संशोधन विधेयकले समेट्न सकेन : भुसाल

इकागज | असार ३१, २०७९

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने सं...

नागरिकता विधेयकले पितृसत्तात्मक मानसिकतालाई स्थापित गर्ने प्रयत्न गरेको छ : सांसद भट्टराई

इकागज | असार ३१, २०७९

काठमाडौँ–नेकपा एमालेकी सांसद् विद्या भट्टराईले सरकारले ल्याएको विधेयकले पितृसत्तात्मक मानसिकतालाई...