संसद्

भीम रावलकाे प्र‍श्‍न : सरकारले कहिलेदेखि कान सुन्‍नलाई श्रवण शक्ति गुमायो ?

इकागज | साउन ८, २०७९

काठमाडौँ- नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी आराेप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताएका हुन् । उनले पत्र पठाए, नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको उल्लेख गरे ।

सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उनले सरकारले श्रवण शक्ति गुमाएको टिप्पणी गरे । उनले सरकारको श्रवण शक्ति गुमेकाले कानको उपचार आवश्यक भएको र जनताले चुनावमा कानको उपचार गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्‍ने । सभामुखले दिएको निर्देशन पनि नसुन्‍ने होइन सरकारले कहिलेदेखि कान सुन्‍नलाई श्रवण शक्ति गुमायो ? भन्‍ने प्रश्न उठ्छ कि उठ्दैन ? म त्यो रोष्टममा उभिनुको तात्पर्य त अहिले खुल्यो होला नि । एक महिना भयो सरकारले गरेको निर्णय । सभामुखले दिएको निर्देशन पनि नसुन्‍ने । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कुरा पनि नसुन्‍ने । रोष्टमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, कानको उपचार त राम्ररी गर्नुपर्ने । नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ ।’ 

उनले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । विगत लामो समयदेखि भूतपूर्व गोर्खा सैनिक भर्ती सन्धी असमान र अपमानजनक रहेको भन्दै खारेजीको मागसहित आन्दोलित भएको भन्दै सो विषय नेपालको स्वाधिनता, स्वाभिमान र हितसँग गाँसिएको विषय भएको बताए । सरोकारवालासँग छलफल गरी समस्या समाधानमा सरकारले पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

सांसद रावलले यस सम्बन्धमा सरकारले हालसम्म गरेका काम, कारबाही संसदलाई जानकारी गराउन पनि माग गरे ।

कर्णाली प्रदेशसभामा चर्किँदै विवाद, सहमति जुट्न सकेन

लक्ष्मी भण्डारी | साउन ८, २०७९

सुर्खेत- पटक-पटक विवादको सामना गर्दै आएको कर्णाली प्रदेशसभामा कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँद...

भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्नु हुँदैन : दुर्गा पौडेल

इकागज | साउन ६, २०७९

काठमाडौँ- राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर न...

आज प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने

इकागज | साउन ६, २०७९

काठमाडौँ- आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।  प्रतिनिधि सभाको ...

मूल्यवृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गयो : सांसद ज्ञवाली

इकागज | साउन ५, २०७९

काठमाडौँ - सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण...

छानबिन समितिमा पूर्वअर्थमन्त्री शर्माको बयान- अनधिकृत व्यक्ति प्रवेश गराएको छैन

इकागज | साउन ५, २०७९

काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अन​धिकृत व्यक्ति प्रवेश...

छानबिन समितिमा बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा

इकागज | साउन ५, २०७९

काठमाडौं - बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोपबारे छानबिन गर्न गठित समितिले आज पूर्वअर्थ...