संसद्

प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत गरिने

इकागज | भदौ ६, २०७९

काठमाडौँ - आज प्रतिनिधि सभा बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव  प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची छ। 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार साँझ अन्त्यष्टि गरिएको थियो । गिरि समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता समेत हुनुहुन्थ्यो । 

एमालेले सत्तामा एउटा र बाहिर हुँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनायो : डिला संग्रौला

इकागज | भदौ २, २०७९

काठमाडौँ - सांसद डिला संग्रौलाले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्तामा हुँदा एउटा र सत्ताबाहिर हुँदा ...

यी हुन् प्रतिनिधि सभामा लगातार १० बढी बैठकमा गयल हुने सांसदहरू (सूचीसहित)

इकागज | भदौ २, २०७९

काठमाडौँ - प्रतिनिधि सभाको कतिपय बैठक गणपूरक संख्यासमेत नपुगेर स्थगित हुन्छ ।  सांसदहरू हाजिर गर...

राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

इकागज | भदौ २, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पार...

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसद्‌मा आज जानकारी गराइने

इकागज | साउन ३१, २०७९

काठमाडौँ- नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ...