संसद्

संसद्‌ बैठक सर्‍यो, दिउँसो १ बजे बस्‍ने

इकागज | भदौ २९, २०७९

काठमाडौँ- प्रतिनिधिसभाको आज बिहान ११:०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको प्रकाशित सूचनामा जनाइएको छ । रासस

हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न लोसापा नेता कर्णको माग

इकागज | भदौ २२, २०७९

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरुको माग तत्काल...