संसद्

नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिको कामलाई तीव्र बनाउन सरकारलाई निर्देशन

इकागज | साउन २३, २०७९

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ–मुग्लिन÷मुग्लिन– पोखरा सडक खण्डको स्तरोन्नतिको कामलाई तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले राष्ट्रिय गौरव लगायत अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरोन्नतिको कार्यमा भइरहेको ढिलासुस्ती तथा न्युन प्रगतिलाई ध्यानमा राखि उक्त सडकखण्ड स्तरोन्नतिको कामलाई तीव्र बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले सडक अतिक्रमण गरि विना स्वीकृति बनाइएका घर तथा सडकमा रहेका विद्युुत पोलका कारण सडकमा पहिरो झर्दा तत्काल पन्छाउन जटिल देखिएकाले सडक सीमाभित्र रहेका संरचना हटाउने आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालय र उर्जा मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् । 

त्यस्तै बैठकले वातावरण मैत्री, प्रविधिमैत्री र गुणस्तरीय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्वन गर्ने कार्य तत्काल अध्ययन गरि कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको उनले बताए । त्यस्तै बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि मनोमानी ढंगले सार्वजनिक यातायातले भाडा असुल्ने काम गरेको भन्दै भरपर्दो अनुगमन समिति बनाएर जानकारी गराउन निर्देशन दिएको सभापति खड्काले जानकारी दिए । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले वैकल्पिक सहायक राजमार्गको मापदण्ड नै बनाएर कार्यान्वयन गर्ने बताए । नारायणघाट–बुटवल सडक निर्माण समयमा नै नभएको भन्दै ठेकेदारको म्याद थप नगरेको उनले जानकारी दिए । उनले नारायणगढ–मुग्लिन÷मुग्लिन– पोखरा सडक स्तरोन्नतिको कामलाई तीव्र रुपमा अघि बढाइने जिकिर गरे । 

बैठकमा समिति सदस्यहरुले चाडपर्व नजिकिदै जाँदा मुख्य तथा सहायक राजमार्गहरुलाई चुस्तदुरुस्त राख्नका लागि सडकको प्रभावकारी अनुगमनमार्फत आवश्यक तयारी समयमा नै गर्नुपर्ने धारणा राखेका थिए । 

महिला र पुरुषलाई विभेद गर्ने कानुनहरुको पहिचान गर्न समावेशी आयोगलाई निर्देशन

इकागज | साउन २३, २०७९

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले समावेशीताको कार्यान्वयनमा बाधा पुर्‍या...

`दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग`

इकागज | साउन २३, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा ...

खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था गराउन सांसद गुरुङको माग

इकागज | साउन २३, २०७९

काठमाडौँ- सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन ...

यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्छः उपसभामुख भुसाल

इकागज | साउन १९, २०७९

काठमाडौँ - प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संसद्‍को यही अधिवेशनमा निलम्बित ...

प्रतिगुप्तचरी क्रियाकलाप गर्नका लागि अदालतको पूर्वस्वीकृति अनिवार्य लिनुपर्छः गगन थापा

इकागज | साउन १८, २०७९

काठमाडौँ -  नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रतिगुप्तचरी क्रियाकलाप गर्नका लागि अदालतको ...

`सरकार किसानलाई मल पाउने आश्वासन मात्रै दिन्छ, मल चाँहि कहिले दिन्छ ?`

इकागज | साउन १७, २०७९

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकार...