संसद्

कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ सांसदले प्रतिनिधित्व गर्दै

इकागज | मंसिर २७, २०७९

सुर्खेत- कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ जना सांसदले प्रतिनिधित्व गर्दै छन् । सबैभन्दा बढी सांसद पाउने जिल्ला दैलेख र सुर्खेत रहेकाे छ । दैलेखबाट ११ र सुर्खेतबाट १० जना सांसदहरूले प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएका हुन् ।

दैलेख जिल्लाबाट प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक गरी ११ जना सांसदले प्रतिनिधित्व गर्ने भएका छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ६ जना प्रत्यक्ष निर्वाचित भएका छन् । यहाँ पाँच जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।

दैलेखपछि धेरै सांसद पाउनेमा सुर्खेत छ । यो जिल्लामा प्रत्यक्ष र समानुपातिक गरेर १० जना सांसद बन्ने भएका छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ६ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने चार जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।

यसैगरी, प्रतिनिधि र प्रदेश सभामा गरी जुम्ला र हुम्लाबाट ६/६ जना, रुकुम–पश्चिमबाट सात जना, कालीकोट र सल्यानबाट पाँच-पाँच जना, डोल्पा र जाजरकोटबाट चार-चार जना र मुगुबाट तीन जनाले प्रतिनिधित्व गर्ने छन् ।

संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था छैनः अध्यक्ष तिमिल्सिना

इकागज | मंसिर २७, २०७९

काठमाडौं- ​राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा स...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजबाट अनिवार्य अवकाशमा

इकागज | मंसिर २७, २०७९

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते...

अध्यादेशले राष्ट्रलाई दीर्घकालीन घात हुनसक्छः पूर्वन्यायाधीश वस्ती

इकागज | मंसिर २६, २०७९

काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्य...

प्रदेश १ : प्रदेश सभामा झापाबाट २१ सांसद, समानुपातिकमा पनि झापाकै वर्चश्व

बाबुराम भण्डारी | मंसिर २५, २०७९

विराटनगर- प्रदेश १ को प्रदेश सभाका समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने ३७ जना सांसदहरूमा सबैभन्दा ...

सुदूरपश्चिम प्रदेश सभामा थ्रेस होल्ड कटाएका दलले सांसदकाे नाम टुंग्याए

इकागज | मंसिर २४, २०७९

कैलाली- सुदूरपश्चिम प्रदेशसभामा थ्रेस होल्ड कटाएर समानुपातिक सिट पाएका दलहरूले सांसद (प्रदेशसभा सदस्य) ...