संसद्

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

इकागज | पुस ४, २०७९

काठमाडौँ- प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ ।

राष्ट्रिय पोसाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित भई दिनसमेत सचिवालयले आग्रह गरेको छ ।

प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

शुक्रबारसम्म सांसदहरूलाई सपथ खुवाउने तयारी, तर ज्येष्ठ सदस्यबारे अझै विवाद

इकागज | पुस ४, २०७९

काठमाडौँ - संसद् सचिवालयले आगामी शुक्रबारसम्म प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाउने तयारी थालेको छ...

संसद्‍मा प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन

इकागज | पुस २, २०७९

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्‍मा प्रभावकारी भूम...

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक बिगारिदिए....

इकागज | मंसिर २८, २०७९

काठमाडौँ - संसद सचिवालयले १६ औँ संसद सेवा दिवस मनाइरहेको छ । संसद सेवा दिवस मनाइरहँदा भएका गतिविध...

कानुनी शासनको बहस कम हुन थाल्यो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

इकागज | मंसिर २७, २०७९

काठमाडौँ - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन बनाउने संसद्मा नै कानुनी शासनको बहस कम हुन थालेको...