राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता : सांसद गौतम
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छिन् ।
बिहीबार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताइन् । आफूहरू कानुनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजिविकाको विषयमा संसद्मा आवाज उठाउने उनकाे भनाइ छ ।
उनले तत्काल सरकारमा जाने/नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताइन् ।