संसद्

कांग्रेसबाट सभामुखमा इश्वरी न्यौपानेको उम्मेदवारी

इकागज | माघ ४, २०७९

काठमाडौँ–कांग्रेसबाट सभामुखमा इश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छिन् । बुधबार ४ बजेसम्म उम्मेदवारीले दर्ता गराउनुपर्ने थियो । साेहीअनुसार न्याैपानेले संघीय संसद सचिवालयमा उम्मेदवारी दिएकी हुन् । ​

कांग्रेसमा उम्मेदवारी दिने/नदिने लामो छलफल पछि अन्तिम समयमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

न्यौपानेको उम्मेदवारीको प्रस्तावकमा महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला  रहेका छन् । 

यसअघि एमालेबाट देवराजले घिमिरेकाे उम्मेदवारी दर्ता गराइसकेका छन् । कांग्रेसले एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गरेर सभामुखमा न्यौपानेलाई उम्मेदवारी दिन लगाउने निर्णय गरेको हो ।

भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक

इकागज | पुस २८, २०७९

काठमाडौं- राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित...