संसद्

सांसद विमला विकको प्रश्न - सरकारलाई सँधै 'अप्रिल फुल' हो ?

इकागज | जेठ २७, २०७९

काठमाडौं– सांसद विमला विकले सरकारलाई सँधै 'अप्रिल फुल' मनाउने हो भनेर प्रश्न गरेकी छिन् । उनले शुक्रबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो प्रश्न गरेकी हुन् । 

‘म सरकारलाई भन्न चाहान्छु सात दिन अगाडि सरकारले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ घटाएँ भन्यो फेरि हिजो रातिबाट भन्यो प्रतिलिटर १२ बढाएँ,’ उनले भनिन्, ‘केही दिन अगाडि भन्यो आइतबार सार्वजनिक बिदा हो । र केही दिनपछि बिदा  होइन भन्यो । के यो सरकारलाई सँधै अप्रिल फूल हो ?’

सांसद विकले किसान मल नभएर हैरान भएको समेत उनले बताइन् । उनले सरकारलाई किसानले कहिले मल पाउने भन्दै प्रश्न गरिन् । ‘वर्षसँगै धान खेती सुरु भएको  छ । किसान मल खोज्न हैरान छन्,’ उनले भनिन्, ‘हामी मन्त्री ज्यू खोज्न हैरान छौँ । न किसानले मल भेटे । न हामीले मन्त्री भेट्यौँ । म सरकारलाई सोध्न चाहन्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ?’

किसानले मल नपाए उनीहरूले सीमाबाट ल्याएको मल पनि सरकारले खोस्न नमिल्ने उनको भनाइ थियो ।  ‘यदि किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सीमापारिबाट ल्याएको मल खोसेर बहादुरी देखाउने काम नगरियोस्,’ उनले भनिन्, ‘त्यसरी ल्याएको मलबाट धान बढी फलेछ भने यहि सरकारलाई सुविधा हुनेछ कि हाम्रो कुशल व्यवस्थापनले उत्पादन बढ्यो भनेर ।’ 

काठमाडौँको गुरुकुलमा बर्दियाबाट आएका तीन बालबालिकालाई दलित भएकै कारणले भर्ना नगरेको विषयमा सरकारले किन दण्डित नगरेको भनि प्रश्न समेत उठाइन् । 

चन्दा चौधरीले गृहमन्त्रीलाई संसद्‌मा सोधिन- आफूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही प्रक्रिया कहाँ पुग्‍यो ?

इकागज | जेठ २७, २०७९

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्...

अर्थतन्त्र ग्याष्ट्रिक, अल्सर होइन, क्यान्सर हुने अवस्थामा पुगेको छ : महेश बस्नेत

इकागज | जेठ २६, २०७९

काठमाडौं–नेकपा एमाले सांसद महेश बस्नेतले देशको वर्तमान अर्थतन्त्र क्यान्सर हुने अवस्थामा पुगिसकेको ...

विश्वविद्यालयका अनुसन्धानसँग जोडिएका निकायलाई बजेट पर्याप्त दिनुपर्छ ः विन्दा पाण्डे

इकागज | जेठ २६, २०७९

काठमाडौं–एमाले सांसद विन्दा पाण्डेले विश्वविद्यालयका अनुसन्धानसँग जोडिएका निकायलाई पर्याप्त बजेट द...

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- ई माने ईमान किन लेख्नुभएन, ईसा कहाँबाट आयो ?

इकागज | जेठ २६, २०७९

काठमाडौं - एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका ...

भीम रावलको प्रश्‍न- फोहोर व्यवस्थापन नगरपालिकाको टाउकोमा हालेर सरकार आनन्दले बस्न मिल्छ ?

इकागज | जेठ २६, २०७९

काठमाडौं - एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आ...

ट्राफिक व्यवस्थापन गर्न स्कूल र सरकारी अफिस सञ्चालन गर्ने समय फरक गरौँ : प्रकाशमान सिंह

इकागज | जेठ २६, २०७९

काठमाडौं–नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न स्कूल र सरकार...

सरकारलाई हृदयेश त्रिपाठीको प्रश्न–थारु र मधेशीलाई हेर्ने नजर कहिले परिवर्तन हुन्छ ?

इकागज | जेठ २६, २०७९

काठमाडौं–सांसद हृदयेश त्रिपाठीले सरकारलाई थारु र मधेशीलाई प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण कहिल...