संसद्

इम्बोस्ड नम्बर लागू गर्नेबारे पुनर्विचार गर्न गगन थापाको माग

इकागज | जेठ २३, २०७९

काठमाडौं - कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले धम्कीपूर्ण निर्देशन दिएको आपत्ति जनाएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र  धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् । 

नामकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागु गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ । 

समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका एम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार व्यहोर्नुपर्ने बताए । 

इम्बोस्ड नम्बर जडानमा सस्तो र गुणस्तरीय पनि कायम गर्नुपर्ने उनको भनाइ छ । 

सांसदहरूले प्रश्न गर्नै बिर्से, प्रधानमन्त्री–मन्त्रीलाई ‘हाइ–सञ्चो’

विनोद देवकोटा | जेठ २२, २०७९

काठमाडौं– कुनै बेला प्रधानमन्त्री–मन्त्रीलाई सोधिने प्रश्न मिलाउँदैमा हैरानी खेप्ने संसद् सचिव...

स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने उद्देश्य छैन : अर्थमन्त्री शर्मा

इकागज | जेठ २०, २०७९

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने उद्देश्य नभएको बताएका ...

संसद्‌मा मुल्यवृद्धि सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल

इकागज | जेठ २०, २०७९

काठमाडौँ- प्रतिनिधिसभामा मुल्यवृद्धि सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।  पेट्रो...