संसद्

पालिका र वडा स्तरका अस्पताल निर्माणकाे काम रोकिँदैन : मन्त्री खतिवडा

इकागज | असार १, २०७९

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हाल पालिका र वडा स्तरमा बनिरहेका अस्पतालहरूको निर्माणको काम नरोकिने बताएका छन् । मन्त्रालयको विनियोजित बजेटको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् । 

‘मन्त्रालयले तोकेको कार्यविधि, जमिनका कुरा, डीपीआरका कुरा, पालिकामा हुनुपर्ने आवश्यक निर्णयहरू तपाईहरूले गरेर ल्याउनुभयो भने पालिका र वडास्तरका अस्पताल  निर्माणका कामहरू अगाडि बढ्छ ,’ उनले भने, ‘ती काम रोकिदैनन् ।’

उनले पालिका स्तरका ५,१० र १५ बेडका  आधारभूत अस्पताल बनाउन मन्त्रालयले १० अर्ब छुट्याइसकेको पनि बताए । ‘धेरै मान्यजीरूले अस्पताल निर्माणसँग गाँसिएका प्रश्न धेरै गर्नुभयो,’ उनले भने, ‘पालिकास्तरका अस्पताल ५, १० र १५ बेडको र वडा स्तरको आधारभूत अस्पताल बजेटमा पनि ती कार्यक्रम निरन्तर छ भनिएको थियो । यसको लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । अपुग भएमा थप बजेट निकासान हुने कुरा अर्थमन्त्रीजीले आश्वस्त पार्नुभएको छ ।’

स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङदेनको प्रस्ताव

इकागज | असार १, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुप...

निहारिकाको केस अदालतमा विचाराधीन रहेकाले सरकारले हस्तक्षेप गर्न मिल्दैन : कानुनमन्त्री शर्मा

इकागज | असार १, २०७९

काठमाडौँ- कानुनमन्त्री गोेविन्दप्रसाद शर्माले अनशनरत निहारिका राजपुतको विषयमा सरकाले केही गर्न नसक्...

कानुन मन्त्रीलाई सांसद विमला विकको प्रश्न- निहारिकाको आन्दोलनलाई कहिले सम्बोधन गर्नुहुन्छ ?

इकागज | असार १, २०७९

काठमाडौँ- नेकपा एमालेकी सांसद विमला विकले कानुन मन्त्रीलाई अहिले आन्दोलनमा रहेकी निहारिका राजपु...

एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले संसद्‌मा आफ्नो धारणा राख्नुपर्छ : गगन थापा

इकागज | असार १, २०७९

काठमाडौं–कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले एसपीपी सम्झौताको बारेमा प्रधानमन्त्रीले संसद्मा आ...

अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग

इकागज | जेठ ३१, २०७९

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्...

अनाधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा भ्रामक हो : अर्थमन्त्री शर्मा

इकागज | जेठ ३१, २०७९

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भई चलखेल भएको भन्ने कुर...

प्रेम सुवालको प्रश्न – परराष्ट्रमन्त्रीको काम युवालाई राहदानी बाँड्ने कि देशमा रोजगारी दिने ?

इकागज | जेठ ३१, २०७९

काठमाडौँ– नेपाल मजुर किसान पार्टीका सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री नारायण खड्कालाई युवालाई र...