संसद्

राष्ट्रियसभामा तीन विधेयक टेबुल

इकागज | असार १०, २०७९

काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन), २०७९ पेश गर्नुभएको हो ।

त्यस्तै, बैठकले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त विधेयक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले पेश गरेका थिए । 

बैठकमा ‘रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेश गरेका थिए ।  रासस

'बुबाको नाममा नागरिकता दिन कन्जुस्याइँ हुँदैन तर आमाको नाममा किन ?'

इकागज | असार १०, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याइँ ग...

राजनीतिक दललाई सांसद देवकाे सुझाव : समयमै निर्णय गर्ने संस्कार बसाउनुपर्छ

इकागज | असार १०, २०७९

काठमाडौँ- नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद्‍को चालू अधिवेशनमै नागरिकतासम्बन्धी वि...

टीकापुर घटनामा थारु समुदायका साथीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता गरियोस् : सांसद गौतम

इकागज | असार ९, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले टीकापुर घटनामा थारु समुदायका मा...

सांसद विमलाको व्यंग्य : मन्त्री आलेको अश्‍लील शब्द गठबन्धन जोगाउने 'अमृतवाणी'

इकागज | असार ७, २०७९

काठमाडौँ- प्रतिनिधि सभा सदस्य विमला बिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई अ...

सांसद गुप्ताकाे दुखेसो : ट्राफिक प्रहरीले सवारी साधन चेक गरेर हैरान पारे

इकागज | असार ७, २०७९

काठमाडौँ- प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले ट्राफिक प्रहरीले सवारी साधन चेक गरेर हैरान पारेको ब...