संसद्

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

इकागज | फागुन ८, २०७८

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ । 

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।  

प्रत्यायोजित विधायन विधेयक संसद्‌मा पेस गर्ने तयारी : परिमार्जनमा समयसीमा खण्ड गायब

इकागज | फागुन ७, २०७८

काठमाडौँ- सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्...