संसद्

भोलिबाट संसद्‌ अधिवेशन

इकागज | मंसिर २७, २०७८

काठमाडौँ- संघीय संसद्‌को दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । 

मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् । 

संसद्‌ भवनको स्काई हलमा सभामुखसहित संघीय संसद्‌आवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद्‌ सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसद्‌का सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।


 

शक्ति राष्ट्रमा राजदूत : सांसद्को चिन्ता राष्ट्रिय स्वाधिनता, एमसीसी र कालापानीमा जवाफै आएन

इकागज | मंसिर २१, २०७८

काठमाडौं - सरकारले शक्ति राष्ट्रमा प्रस्ताव गरेका राजदूतलाई नियुक्तिकाे बाटाे खुलेको छ । औपचा...

अध्यक्ष तिमिल्सिना र स्पेनको प्रदेश सभामुखबीच भेटवार्ता

इकागज | कात्तिक १२, २०७८

काठमाडौँ - स्पेनको एक्त्रामादुरा प्रदेशसभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा ...