संसद्

माओवादीको अनुरोधमा प्रतिनिधि सभा बैठक स्थगित

इकागज | पुस १८, २०७८

काठमाडौं - संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद्को‌ तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद् सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । 

संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११:३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए । संसद्‌मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिनेमाथि छानविन गर्न निर्देशन

इकागज | पुस ८, २०७८

काठमाडौँ - प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षाको शुल्क तोकिएभन्दा बढि लिएको ग...

एमाले जनवर्गीय संगठनलाई प्रभावकारी बनाउनेबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन

इकागज | पुस ७, २०७८

काठमाडौं - नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न कार्यद...