संसद्

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

इकागज | कात्तिक १२, २०७८

काठमाडौँ – संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन् ।  
 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो ।   सभामुख अग्निप्रसाद सापकोटाले हिजो बिहीबारमात्रै कात्तिक २९ गतेसम्मको लागि लागि प्रतिनिधि सभाको बैठक अन्त्य भएको जानकारी गरेका थिए । तर, हिजो नै संसद् अधिवेशन अन्त्यका लागि सरकारले सिफारिस गर्‍यो । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि असोज २५ गतेपछि डाकिएको थिएन ।  

बाढी पहिरोपीडितलाई तत्काल राहतको व्यवस्था गर्न विकास समितिको निर्देशन

इकागज | कात्तिक ७, २०७८

काठमाडौँ – संसद्को विकास तथा प्रविधि समितिले बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरका...