सर्वोच्चमा प्रस्तावित न्यायाधीश सुवेदीको जवाफ
'जिल्ला र उच्च अदालतमा मुद्दा ढिला भएका छैनन्, सर्वोच्चमा मात्रै ढिला हुन्छ'
काठमाडौँ : सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश नहकुल सुवेदीले जिल्ला अदालत र उच्च अदालतमा मुद्दा ढिला नभएको बताएका छन् । शुक्रबार संसदीय समितको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सर्वोच्चमा पुगेपछि मात्रै ढिला हुने गरेको बताए ।
'जिल्ला र उच्च अदालतमा ढिला भएका मुद्दा छैनन्,' उनले भने, सर्वोच्च अदालतमा मात्रै ढिला हुन्छ। जिल्ला र उच्च अदालतमा डेढ वर्षमै सबै मुद्दाहरू फैसला भएका छन्। तर सर्वोच्चमा ५ देखि १० वर्षसम्म फैसला नभएका मुद्दाहरू पनि छन्।'