संसद्

कांग्रेस सांसदहरूको नाराबाजी, प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित

इकागज | फागुन २३, २०७७

काठमाडौँ : प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । दाहाल–नेपाल समूहका सांसद्ले बहिष्कार गरेलगत्तै संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेशको विरोधमा नेपाली कांग्रेसका सांसद्‍ले विरोध जनाएपछि सभामुख अग्‍नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । दलको असहमतिका बीच सरकारले अध्यादेश संसद्‌मा पेस गरेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका हुन् ।

यसअघि कार्यसूचीमाथि असहमति जनाउँदै दाहाल-नेपाल समूहका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । बैठक सुरु हुनासाथ दाहाल-नेपाल समूहले सरकारको राजनीतिक र कानुनी हैसियतमाथि प्रश्न उठाउँदै कार्यसूची अघि नबढाउन चेतावनी दिएको थियो ।

भोलि संसदमा आमने–सामने हुँदै दुईथरी नेकपा, यस्तो छ संसदको कार्यसूची

पुष्पराज आचार्य | फागुन २२, २०७७

काठमाडौँः सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते नै संसद् अधिवेशन स्थगित गरिदिएप...

संसद् सचिवालयको ढड्डामा पनि नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई

इकागज | फागुन १६, २०७७

काठमाडौँ । संघीय संसद् सचिवालयमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचे...