संसद्

राष्ट्रिय सभाको विशेष समयमा विडारी

‘नेपाल आमाले ग्वाँ–ग्वाँ रोइराखेको अवस्था छ’

इकागज | पुस २३, २०७७

काठमाडौं : राष्ट्रिय सभाका सांसद् रामनारायण विडारीले नेपाल आमा रोइरहेको बताएका छन् । राष्ट्रिय सभा हिउँदे अधिवेशनको विशेष समयमा बोल्दै बिहीबार विडारीले नेपाल आमाले गुहार मागिरहेकोसमेत बताए ।  

‘नेपाल आमाको चित्कार छ, अहिले ग्वाँ ग्वाँ रोइराखेको अवस्था छ,  गुहार गुहार मलाई आपत पर्‍यो’, उनले भने,‘संविधान नास भयो भनेर कराइरहेको छ, किसानको विचल्ली भएको छ, मदजुरको ज्ञान सीप बेकार भएको छ ।’ 

धन, मान र मोज खोसाखोस गर्ने मतियारहरू अहिले हेरेर बसिरहेकोसमेत विडारीले प्रष्ट पारे । ‘कहिले पार्टी फुट्ला र मन्त्री टिपुँला, कहिले पार्टी फुट्ला र फेरि मन्त्री पाउँला हेरेर बसिरहेको छन्’, उनले भने ।  

संविधान मिच्‍ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ कि हुँदैन  ः रमेशजंग रायमाझी

इकागज | पुस २३, २०७७

काठमाडौं : राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न आग्रह गरेका ...

अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा विडारीको प्रस्ताव

इकागज | पुस २१, २०७७

काठमाडौं : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव...

सभामुखले सर्वोच्चलाई पत्र लेख्दै भने– प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छैन (पत्रसहित)

इकागज | पुस १९, २०७७

काठमाडौँ : सभामुख अग्‍निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने ...