संसद्

एआइजीको दरबन्दी नथप्‍न सरकारलाई राज्‍य व्यवस्था समितिको निर्देशन

इकागज | मंसिर २४, २०७७

काठमाडौँ : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीमा दरबन्दी थप गर्ने निर्णय कार्यन्वयन नगर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको  सो समितिले बुधबार प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको उपस्थिति रहेको छलफलमा समितिले दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देश गरेको जानकारी दिइन । 
 
गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले एक एआइजी र पाँच डिआइजीको एक दरबन्दी थप्‍ने निर्णय गरेको थियो । सरकारको त्यो निर्णयपछि नेपाल प्रहरीको चेन अफ कमाण्ड बिग्रिने भन्दै विरोधसमेत भइरहेको छ ।

प्रदेशसभाका सभामुख-उपसभामुख भन्छन्- ‘संघीयता कार्यान्वयन गर्न गाह्रो भयो’

इकागज | मंसिर १२, २०७७

काठमाडौं : प्रदेश सभाका सभामुख र उपसभामुखहरुले संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् ।...

संघीय र प्रदेशसभा संचालनका अनुभव आदानप्रदानसम्बन्धी अन्तरक्रिया सुरू

इकागज | मंसिर १२, २०७७

काठमाडौं : संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा स...