राजनीति

संविधान निर्माणमा नेम्वाङले चालेका ती ऐतिहासिक कदम

हरिबहादुर थापा | भदौ २७, २०८०
सुवासचन्द्र नेम्वाङको भूमिका २०६३ वैशाख ३० गते शनिबारका दिनदेखि फेरियो, त्यो दिन सभामुख पदमा उहाँको एकमात्र उम्मेदवारी पर्‍यो । अर्थात्, नेपाली कांग्रेस प्रस्तावक र नेकपा (एमाले) समर्थक हुँदै सर्वसम्मत सभामुख बन्नुभयो । त्यसपछि सदनको नेतामा परिणत हुनुभयो, एमाले नेताबाट । पूर्वमन्त्री, लेखा समितिका पूर्वसभापतिबाट लोकतन्त्रसँगै सभामुख परिणत हुँदै लोकतान्त्रिक आन्दोलनका उपलब्धि संस्थागत गर्ने भूमिका परिणत हुन पुग्नुभयो...