हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

इकागज | साउन २८, २०७८

सुनसरी- कोशी गाउँपालिका-४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बिहान शौच गर्न  गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएकाले   शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ । हात्तीले स्थानीयवासीका बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । आरक्ष आसपास क्षेत्रमा हात्ती आतङ्क नियन्त्रणका लागि पटकपटक स्थानीयवासीले माग गर्नाका साथै आन्दोलनका कार्यक्रम गरे पनि अहिलेसम्म सम्बन्धित निकायले चासो  नदिएको जङ्गली जनावर पीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए । रासस

सिदिङ्वाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन छात्रवृत्ति दिने

इकागज | साउन २८, २०७८

ताप्लेजुङ- जिल्लाको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्...

अवैध बाटोबाट नेपाल प्रवेश गर्नेको भिड बढ्यो, विराटनगर प्रवेश गर्ने मुख्य नाका रानी खोलियो

बाबुराम भण्डारी | साउन २७, २०७८

विराटनगर -अवैध बाटोबाट नेपाल प्रवेश गर्नेको भिड बढेपछि नाका रानी खोलिएको छ । मोरङका प्रमुख जिल्ल...