सुकेटार विमानस्थलमा नियमित उडान सुरु

इकागज | असार २१, २०७८

फुङ्लिङ : ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । 
आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ । 

ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए ।  मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए ।सुकेटारमा  हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । 

तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ सात हजार १९० रुपैयाँ भाडा तोकिएको सुकेटार विमानस्थल कार्यालयले  जनाएको छ । निगमले ताप्लेजुङदेखि प्रदेश नं १  राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस
 

३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर पक्राउ

इकागज | असार २०, २०७८

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सव...

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीविरुद्ध चिकित्सक र विद्यार्थीको प्रदर्शन

इकागज | असार २०, २०७८

काठमाडौँ : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले ‘प्रतिष्ठान शुद्धिकरण अभियान&rsquo...

वर्षाले घर भत्किँदा एकको मृत्यु, सडक अवरुद्ध, सतर्कता अपनाउन प्रशासनको आग्रह

इकागज | असार १८, २०७८

खोटाङ : खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस ...

वीपी कोभिड उपचार केन्द्रमा स्वास्थ्य सामाग्री खरिद गर्दा डेढ करोड घोटाला

अतिन आचार्य | असार १७, २०७८

काठमाडौँ : धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानले कोभिड उपचार केन्द्रका लागि स्वास्थ्य सामग्री खरिद गर्...

व्यक्तिगत स्वार्थमा डुबेको प्रतिष्ठानलाई आन्दोलनले निकास दिन्छ : उपकुलपति गिरी

इकागज | असार १६, २०७८

काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा ज्ञानेन्द्र गिरीले व्यक्तिगत स्वार्थमा...