करेन्ट लागेर सोलुखुम्बु र झापामा चार जनाको मृत्यु

इकागज | जेठ २८, २०७८

विराटनगर : करेन्ट लागेर झापा र सोलुखुम्बुमा चार जनाको मृत्यु भएको छ । झापामा पानी तान्‍न मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने सोलुखुम्बुमा क्रेनले विद्युतको तार छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत तार छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सोलुदुधकुन्ड नगरपालिका-८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइनको तार छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो ।

ग१ ज५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएकोमा उनीहरुको उपचार भइहरको जिल्ला प्रहरी कार्यालय सोलु प्रहरीले जनाएको छ । यसै गरी झापाको अर्जुनधारा नगरपालिका-३ बस्‍ने ८२ वर्षीया गलमाया खड्का बिहीबार साँझ आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन । उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै गरी कमल गाउँपालिका-७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्‍न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जाको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-४ घर भएका १४ वर्षीय सन्देश धिमालको महेन्द्रको खेतमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ । 

प्रदेश १ सभा बैठक: चुरे संरक्षणका निम्ति प्रदेश सरकारको धारणा माग

विराटनगर: प्रदेश १ सभाको बुधबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यहरूले चुरे क्षेत्रको ढुंगागिटी...

प्रदेश-१ सरकारद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत

इकागज | जेठ २५, २०७८

विराटनगर : प्रदेश-१ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८/७९ को विनिय...

'राजनीतिक कोभिड'ले धेरैलाई  ‘नांगै भुतुङ्गै’ पारेको छ: मुख्यमन्त्री राई

विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुस ५ मा प्रतिनिधिसभा विघटनपछिको अवस्थालाई 'राजनीतिक...