छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

इकागज | असार ९, २०७८

विराटनगर : मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको रङ्गेलीमा चट्याङ लागेर एक जनाको मृत्यु भयो भने विराटनगरमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको हो ।   

रंगेली नगरपालिका–६ का २० वर्षीय नितेश रायको चट्याङ लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै चट्याङ लागेर चार जना घाइते भएका छन् । मलंगथानस्थित पिठारीको रुखको छहारीमा बसिरहेको बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते रायलाई उपचारको लागि रंगेली अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । घाइतेहरुको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

यसै गरी विराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना भारतीय मजदुरको मृत्यु भएको छ । भारतको जोगबनी हाजिमोहल्ला घर भइ हाल विराटनगर १७ रानीमा बस्दै आएका २५ वर्षीय तावारुल आलमको मृत्यु भएको हो । मन्दिरमा छड बाँध्नका लागि तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर घाइते भएका उनको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।   

प्रदेश १: चालू आर्थिक वर्षको बजेटभन्दा ८ अर्ब अर्ब ४३ करोड कम (पूर्ण पाठ)

विराटनगर : आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड घटा...

नीति तथा कार्यक्रममाथि सांसदको व्यंग्य : 'प्रधानमन्त्री बा सम्मान कार्यक्रम' छुटेछ, त्यो पनि ल्याए हुन्छ

इकागज | जेठ २८, २०७८

विराटनगर : बिहीबार प्रदेश १ सभामा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शुक्रबार बोल्ने स...