एमाले नेपाल–खनाल समूहले खोल्यो विराटनगर कार्यालय

इकागज | बैशाख ९, २०७८

विराटनगर : असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल समूहले विराटनगर महानगर समितिको छुट्टै कार्यालय खोलेको छ । यसअघि चैत २८ गते समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला समिति र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर समिति गठन गरेको थियो । 

समूहले दुवै समिति गठन गरेको दुई हप्ता नबित्दै पछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो । जिल्ला समितिले भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रूपमा मानिएको समूहले जनाएको छ । 

केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रित भएको नेपाल–खनाल समूहले विराटनगर–२ स्थित तिनपैनीमा महानगर समितिको छुटै कार्यालय खोलेर आफूपक्षीय पार्टीको गतिविधिलाई तीव्र बनाएको छ । दुई तले घर भाडामा लिएर महानगर समितिले बिहीबारदेखि पार्टी कार्यालय संचालनमा ल्याएको छ । 

कार्यालयको बिहीबार बिहान एमालेका सचिव तथा प्रदेश-१ इन्चार्ज भीम आर्चालयले कार्याक्रमबीच उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भए पनि वार्ता सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

इन्चार्ज अर्चायले अहिलेपनि आफुहरू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी अध्यक्ष ओलीले नै पार्टीका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतका नेतालाई एकपछि अर्को कारबाहीको सिलसिला जारी राखेकोले उनी पार्टी एकताको पक्षमा नरहेको प्रष्ट भएको बताए ।

समूहले जिल्ला र नगर समिति गठन भएसँगै वडा र टोलस्तरका समिति निर्माण गर्नुको साथै भातृ संगठनहरूका समानान्तर समिति निर्माणमा पनि तप्व्र बनाएको नेपाल-खनाल पक्षीय एमाले विराटनगर महानगर समिति अध्यक्ष पारुल क्षेत्रीले बताए ।
 

मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

इकागज | बैशाख ६, २०७८

ताप्‍लेजुङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दि...