टिकटक बनाउँदै गर्दा भीरबार खसेर एकको मृत्यु

इकागज | बैशाख २४, २०७८

विराटनगर : धरानका एक युवकको टिकटक बनाउने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । धरान–५का १८ वर्षे सुभाष परियार टिकटक बनाउने क्रममा उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरबाट शुक्रबार खसेका हुन् । 

भीरबाट खसेर घाइते भएका परियारलाई उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भिम दाहालले वताए । उनको टाउको र अनुहारमा चोट लागेको थियो । 

धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरस्थित सडकमा बिग्रिएपछि सुभाष टिकटक बनाउनतिर लागेका थिए । सुमो बिग्रिएपछि गाडीबाट ओर्लिएर उनी टिकटक बनाउन भीरमा गएका हुन् । त्यही क्रममा सुभाष लडेको प्रहरीले जनाएको छ । 

९० रुपैयाँ पर्ने ‘स्टासेफ’मा नयाँ लेबल लगाएर ७ देखि २५ हजारमा बिक्री, दुई जना पक्राउ

इकागज | बैशाख २४, २०७८

विराटनगर : नक्कली ‘रेमडिसिभिर’ इन्जेक्सन बिक्री गरेको आरोपमा विराटनगरबाट फार्मेसी संच...

प्रदेश १ सरकारले कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई थप सुविधा दिने

इकागज | बैशाख २२, २०७८

विराटनगर : प्रदेश १ सरकारले काेभिड संक्रमणका बिरामीको उपचारमा खटिएका चिकित्सकसहितको टिमलाई विभि...

साइकलमा गस्ती निस्किएका प्रहरी प्रमुख ठाकुरको चट्याङ लागेर मृत्यु

इकागज | बैशाख २१, २०७८

झापा : भद्रपुर नगरपालिका-२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकु...