फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

इकागज | फागुन १९, २०७७

ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्‍न समयमा ठूला-ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ ।

विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए । विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ । विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।

त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ-४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए । विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हुँदा २९ परिवार विस्थापित भएका थिए ।
 
त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुनपुगेको ताप्लेजुङ जिल्लाको तथ्याङ्कमा रहेको छ । रासस

‘इपी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्‍चालनमा, पर्यटनमन्त्री ढकालले गरे उद्घाटन

इकागज | फागुन १७, २०७७

इटहरी : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकार निजी क्षेत्रसंग  सहकार्यमा हा...

पार्कको शिलान्यास र पुलको उद्घाटन गर्न ओली झापा आउँदै

लीलावल्लभ घिमिरे | फागुन १६, २०७७

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जिल्लामा आफ्नो निर्वाचन क्षेत्र केन्द्रित विभिन्‍न...

मुख्यमन्त्रीका दुई अभिव्यक्ति : अदालतले अराजकतालाई प्रश्रय दियो, सांसदको खरीदबिक्री सुरु भयो

इकागज | फागुन १४, २०७७

ओखलढुङ्गा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको निर्णय उल्ट्याएर अदालतबाट अराजकतालाई प्रश्रय दिइएक...