ओलीले गरेको असंवैधानिक ‘कू’ नसच्चिएसम्म सडक छोड्‍दैनौं‌ : डा. शेखर कोइराला

विराटनगर : नेपाली काग्रेंस मोरङले आज जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा जुलुससहितको विरोध सभा गरेको छ । मोरङ क्षेत्र नम्बर ६ ले विराटनगर बजारमा जुलुस प्रर्दशन गर्‍याे । जुलुसपछिको सभालाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सम्बोधन गरे भने क्षेत्र नम्बर ४ को विरोध सभा झोराहाटमा भयो । उक्त सभालाई केन्द्रीय सदस्य महेश आर्चायले सम्बोधन गरे भने क्षेत्र नम्बर २ को विरोध सभा डायनीयामा भयो त्यहाँ केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सम्बोधन गरे । 

क्षेत्र नम्बर ५ को विरोध सभा कर्सीया बजारमा भयो । सभालाई अर्का केन्द्रीय सदस्य अमृत अर्यालले सम्बोधन गरेका थिए । यसै गरी क्षेत्र नम्बर १ को सभा लेटाङ बजारमा भएको थियो । सभामा मोरङ कांग्रेस सभापति डिकवहादुर लिम्बुले सम्बोधन गरेका छन् । यसै गरी क्षेत्र नम्बर ३ मा पनि विरोध सभा भएको छ । 

ओलीले गरेको संवैधानिक ‘कू’ नसच्चिएसम्म सडक छोड्दैनौं : डा. शेखर कोइराला

विराटगरको महेन्द्र चोकको विरोध सभामा बोल्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक ‘कू’ नसच्चिएसम्म सडक नछोड्ने बताए । उनले प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको भन्दै  सर्वोच्च अदालतले समेत निर्वाचनमा जानेगरी फैसला गरे सडकबाटै निर्वाचनको सुनिश्चितता गराउने दाबी गरे । 

माधवकुमार नेपाल र प्रचण्ड पनि ओलीकै मतियार भएको दाबी गरे । विपीले कम्युष्टहरूसंग मिलेर कहिलै आन्दोलन नगर्नु भएको स्मरण गर्दै गणेशमान, कृष्णप्रसाद र गिरीजा प्रसादले यिनीहरूलाई प्रजातन्त्रवादी बनाउन प्रयास गरे पनि सफल नभएको बताए । 

‘१२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा हाल्दा पनि बाङगो नै हुन्छ भन्थे हो रहेछ,’ उनले भने, ‘यि कम्यूष्टहरू कहिल्यै प्रजातन्त्रवादी नहुने रहेछन् ।’ विराटनगर आयोजित विरोध सभामा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, कांग्रेस केन्द्रीय सदस्य डीला संग्रौला, प्रदेश १ प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सदस्य चुमनारायण तबदारलगायतले बोलेका भिए ।

सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ

इकागज | पुस १३, २०७७

बनियानी : नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई ...

अविश्‍वास प्रस्तावको सदनमै सामना गर्छु : मुख्यमन्त्री राई

विराटनगर : आफूविरुध्द दर्ता भएको अविश्‍वास प्रस्ताव सदनमै डटेर सामना गर्ने अडान प्रदेश-१ का मुख्यमन्त्र...

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि प्रशासन प्रमुख नियन्त्रणमा

इकागज | पुस १२, २०७७

झापा : नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहल...

दाहाल-नेपाल समूहमा लागेपछि प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोलाई पदमुक्त...

उच्च अदालतको आदेशपछि उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभा स्थगित

इकागज | पुस ११, २०७७

विराटनगर : उच्च अदालतको आदेशपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आज हुने भनिएको साधारण...

प्रदेश १ का ६ जनाले गरे ओली समूहको केन्द्रीय समितिमा बस्‍न अस्वीकार

विराटनगर : नेकपामा ओली समूहले विस्तार गरेको केन्द्रीय समितिमा प्रदेश १ का ६ जनाले बस्न अस्वीरकार गरेका ...