बनेकाे पाँच वर्षसम्म सञ्‍चालनमा आएन रतुवा खोलाकाे पुल

लीलावल्लभ घिमिरे | मंसिर २८, २०७७

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने रतुवा खोलामा बनेको पक्की पुल निर्माण सम्पन्‍न भएको पाँच वर्ष बितिसक्दा पनि सञ्‍चालनमा आउन सकेको छैन् । हुलाकी राजमार्गअन्तरगत झापा र मोरङ जोड्ने पुलमुनि बाँसको अस्थायी पुल छ । त्यही बाँसको पुलमा पैसा तिरेर सर्वसाधारण खोला तर्छन् । 

पाँच वर्षपहिले १० करोड ४१ लाख ९४ हजार रुपैयाँ लागतमा ९ वटा पिलर भएको २ सय ५ मिटर लामो पुल बनेको भए पनि सर्वसाधारण भने अहिले पनि बाँसको अस्थायी पुलमा पैसा तिरेर तर्न बाध्य छन् । निर्माण सम्पन्‍न भएको पुलमा आवतजावत गर्न मिल्दैन । खोलाको बीचमा पुल भएका कारण आवतजावत गर्न नमिलेकाे हाे । व्यवस्थित तट्बन्धन नहुँदा पुल सञ्‍चालनमा आउन सकेको छैन । खोलाको दुवैति। बगर छ ।

बर्खामा पानीको सतह बढ्दा स्थानीयले डुंगा प्रयोग गरेर आउजाउ गर्नुपर्छ । हुलाकी राजमार्गमा पर्ने यो पुल २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास भएको थपयाे । पुलको निर्माण कार्य २०७२ साल जेठमा सकिएको थियो । 

पुलले झापा र मोरङ जिल्लालाई जोड्छ । पूर्वतर्फ प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्छ भने पश्‍चिममा कांग्रेस नेता एवंम मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र पर्छ । 

दशकदेखि चुनावी नारामा सीमित रहेको रतुवा खोला तट्बन्धन निर्माण र पुल सञ्‍चालन गराउन पछिल्लो समय सासंद डा रिजाल सक्रिय भएका छन्  । उनले भौतिक पूर्वाधार मन्त्रीदेखि प्रधानमन्त्री ओलीलाई समेत जानकारी गराए । फलस्वरूप शनिबार राति ८ बजे भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाहाङले पुलको निरीक्षण गरे । 

दक्षिणी मोरङ र झापाको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग तीव्र गतिमा विस्तार भइरहेको छ । तर बनेको पुलसमेत प्रयोगमा आउन सकेको छैन् । रतुवामाई नगरपालिका-३ का वडाध्यक्ष बुलनदेव सिंहले भने, ‘चौकीघाट र पश्‍चिमतर्फ गरी दुवैतिरबाट बोल्डर तारजालीले तट्बन्धन गरेर पुल सञ्‍चालनमा ल्याउन सके मात्र हुलाकी राजमार्ग विस्तारको अर्थ हुन्छ ।’ खोलाले बर्सेेनि धार परिवर्तन गर्छ । जति ठूलो पुल बनाए पनि तट्बन्धन नगरी सञ्‍चालनमा ल्याउन सक्ने अवस्था नभएकाे स्थानीय बताउँछन् । 

अल्पमत-बहुमतको कुराले पार्टीमा दुर्घटना निम्त्याउँछ : बाँस्कोटा

इकागज | मंसिर २८, २०७७

विराटनगर : सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पार्...

कर्मचारीसँग मिलेर चिसापानीको तीन रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा

इकागज | मंसिर २८, २०७७

खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । ...

प्रदेश १ मा ओली र दाहाल-नेपाल पक्षका छुट्टाछुट्टै भेला

लीलावल्लभ घिमिरे | मंसिर २७, २०७७

विराटनगर : सत्तारुढ नेकपामा देखिएको तल्ला तहसम्म पुगेको छ । प्रदेश १ मा शनिबार प्रधानमन्त्री तथा पार्टी अ...

राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो

इकागज | मंसिर २६, २०७७

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्दे...

शिक्षक हत्यामा संलग्नलाई कारबाही गर्न मानव अधिकार आयोगको माग

इकागज | मंसिर २४, २०७७

काठमाण्डौ : राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका-१स्थित सरस्वती आधारभूत माध्यमिक विद्...

मिक्लाजुङका प्रधानाध्यापक श्रेष्ठको हत्यापछि शोकाकुल गाउँले त्रासमा

इकागज | मंसिर २४, २०७७

विराटनगर : मोरङ मिक्लाजुङको उत्तरी विकट क्षेत्रमा यति बेला शोकसंगै त्रास छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्...

प्रधानाध्यापक श्रेष्ठको हत्या जिम्मा चन्द समूहले लियो

लीलावल्लभ घिमिरे  | मंसिर २३, २०७७

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका-१ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्र...

हात बाँधेर घाटी रेटिएको अवस्थामा भेटियो शिक्षक श्रेष्ठको शव

लीलावल्लभ घिमिरे | मंसिर २३, २०७७

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका १ बिर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्...