आगलागीबाट २० लाखको क्षति

इकागज | चैत १३, २०७७

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका-६ चिमडीमा बिहीबार साँझ आगलागी हुँदा रु २० लाखको क्षति भएको छ । स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको प्रहरीले जनाएको छ । 

आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको छ । स्थानीयवासी, प्रहरी र विभिन्न ठाउँबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको  सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि उनीहरु खुला अकाशमा बस्न बाध्य भएका छन् । रासस

हत्या आरोपी पक्राउ

इकागज | चैत ६, २०७७

खोटाङ : कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राई...