राजनीति

कांग्रेस नेता कोइरालाको निधन

लीलावल्लभ घिमिरे |
चैत ५, २०७७ बिहीबार ८:१५ बजे

विराटनगर : कांग्रेस नेता अशोक कोइरालाको गएराति विराटनगरमा ७८ वर्षको उमेरमा निधन भएको छ । अशोक पूर्व प्रधानमन्त्री स्वः सुशील कोइरालाका भाइ हुन् । निमोनियाले सताएपछि कोइरालालाई विराटनगरस्थित न्यूरो अस्पतालमा तीन दिनअघि उपचारका लागि भर्ना गरिएको थियो ।

गएराति १ बजे उपचारका क्रममा कोइरालाको निधन भएको मोरङका कांग्रेस सचिव नागेश कोइरालाले बताए । अहिले उनको शव विराटनगरस्थित घरमा राखिएको छ । दिउँसो हाटखोलास्थित समसाम घाटमा अन्त्येष्टी गरिने छ ।


कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, शेखर कोइराला काठमाडौँबाट विराटनगर आउँदै छन् । कांग्रेस सभापति शेरबहादुर देउवा जाने बताइएको छ । विराटनगरका पूर्वमेयर, संविधान सभा सदस्य कोइराला मोरङ कांग्रेसका पूर्व सभापति हुन् । शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुदा अशोक कोइराला उपाध्यक्ष थिए । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x