ढिस्कोले पुरिएर बालकको ज्यान गयो

इकागज | बैशाख २८, २०७८

ताप्लेजुङ : फुङलिङ नगरपालिका-७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।

फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए । ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

विराटनगरमा तीन फार्मेसीलाई कारबाही, झापाबाट १३३ अक्सिजन सिलिण्डर बरामद

इकागज | बैशाख २६, २०७८

विराटनगर : महगो मुल्यमा सेनिटाइजर बिक्री गर्ने विराटनगरका तीन वटा फार्मेसी कारबाहीमा परेका छन् । ...

सुन्दरहरैँचाले सुरु गर्‍यो घरमै निःशुल्क औषधिसहितको प्राथमिक उपचार सेवा

इकागज | बैशाख २६, २०७८

विराटनगर : कोभिड-१९ महामारीको दोस्रो चरणवाट नागरिकहरूलाई सुरक्षित राख्‍न मोरङको सुन्दरहरैँचा नगरप...