जनकपुरमा जारी निषेधाज्ञा दुई दिन थपियो

इकागज | कात्तिक २८, २०७८

जनकपुरधाम - जनकपुरमा स्थानीय प्रशासनले शनिबारबाट आइतबार (आज) रातिसम्म लगाएको निषेधाज्ञाको समयावधि थपेकाे छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले केहीबेरअघि सूचना जारी गरेर निषेधाज्ञाको समय थपेका हुन् । कार्तिक ३० गते १० बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।

पुर्वमा जलाद नदीको कली बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभाजस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

धार्मिक संगठनले शनिबार निकालेको जुलुसका क्रममा प्रहरीसँग झडप भएपछि प्रजिअ बास्तोलाले दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए । यसैबीच आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले रूपैठा नीम चोक वडा सदस्यलाई सोही विवादलाई लिएर कुटपिट गरी घाइते बनाएका छन् ।

वडा सदस्य महतो कुटिएपछि दुवै समुदायबीच पुनः झडपको अवस्था सिर्जना भएको हो । २४ कात्तिकमा छठ पर्व मनाउने क्रममा स्थानीय दुई समुदायबीच विवाद भएपछि त्यहाँको अवस्था खल्बलिएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेकाे सूचना :

जनकपुरमा हिन्दू-मुस्लिम समुदायबीच झडप, प्रहरीसहित छ जना घाइते

सुभाष कर्ण | कात्तिक २७, २०७८

जनकपुरधाम - प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हिन्दू र मुस्लमान समुदायबीच साम्प्रदायिक झडप&n...

‘कम्युनिष्ट विचारबाट मुक्त भई समाजवादी बन्ने भए सोच्न सकिन्छ’

बाबुराम भण्डारी | कात्तिक २७, २०७८

विराटनगर – जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा माओवादी केन्द्रसँग ...

माओवादी अध्यक्ष दाहाल बिरामी परेपछि महोत्तरीको कार्यक्रम स्थगित

इकागज | कात्तिक २७, २०७८

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार महोत्तरी आउने कार्यक्रम स्थगित भएको ...

सर्वसाधारणको लाभलाई बेवास्ता, कार्यकर्ता पोस्ने कानुनलाई प्राथमिकता

सुभाष कर्ण | कात्तिक २६, २०७८

जनकपुरधाम – प्रदेश २ सरकारले कानुन निर्माणमा मनपरी गरेको छ ।  जनतासँग प्रत्यक्ष सरोकार राख्न...