बर्दिबासको दुर्गा मन्दिरबाट भैरवको मूर्ति हरायो

इकागज | कात्तिक २५, २०७८

महोत्तरी – महोत्तरीको बर्दिबासस्थित नवनिर्मित दुर्गा मन्दिरबाट बिहीबार भैरवको मूर्ति हराएको छ । मन्दिरको झ्याल तोडफोड गरी उक्त मूर्ति चोरी भएको स्थानीयले बताएका छन् ।

बिहानको समयमा मन्दिर जाँदा झ्याल तोडिएको अवस्थामा रहेको स्थानीयबासीले बताएका छन् । ‘भित्र हेर्दा भैरवको मूर्ति नै थिएन,’ स्थानीय विजय पोखरेलले भने । सो मूर्ति दसैंको सप्तमीको दिन औपचारिक रूपमा स्थापना गरिएको थियो । यता स्थानीयले मूर्ति खोजिदिन इलाका प्रहरी कार्यालय बर्दिबासमा मौखिक उजुरी दिएका छन् । मौखिक उजुरीपछि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
 

छठमा जनकपुरदेखि वीरगञ्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ – छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्म विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि...

व्यवसायीलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सु...