डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश सरकारले एक/एक लाख दिने

इकागज | जेठ ३०, २०७८

धनुषा : धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप एक/एक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका-६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।

मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप प्रतिपरिवार एक लाख दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले गरे । मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नं ३ भित्रै घटना भएको हो । प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई शनिबार भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका हुन् । 

त्यसैगरी क्षेत्र नं ३ कै संघीय सरकारमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद जुली महतोले गाउँमै पुगेर पीडित परिवारहरुसँग भेटघाट गर्दै व्यक्तिगत तर्फबाट पाँच परिवारलाई प्रतिपरिवार किरिया खर्चस्वरूप १० हजारसहयोग गरेकी छन् । महतोले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गरिन् । 

यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले विज्ञप्ति तथा समाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गरेका थिए । 

मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा अहिले गाउँ शोकमा डुबेको छ । (रासस)
 

पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारले एक-एक लाख रुपैयाँ दिने

इकागज | जेठ २९, २०७८

जनकपुरधाम : पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश २ सरकारले एक/एक लाख रुपैयाँ दर...

धनुषामा एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु, दुई बेपत्‍ता

सुभाष कर्ण | जेठ २८, २०७८

जनकपुरधाम: धनुषामा एकै गाउँका पाँच जना बालिकाको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्...

मुख्यमन्त्रीले एउटै मन्त्रालय दिने भनेपछि माओवादी प्रदेश २ सरकारमा गएन

इकागज | जेठ २७, २०७८

जनकपुरधाम : प्रदेश २ सरकारमा माओेवादी केन्द्र सहभागी नहुने भएको छ । बुधबार अबेर साँझसम्म मुख्यमन्त्...

स्थानीय तहमा पठाइएको सशर्त अनुदान सच्याउने प्रतिबद्धतापछि प्रदेश-२ सभा सुचारु

इकागज | जेठ २६, २०७८

जनकपुरधाम : स्थानीय तहलाई पठाइएको सशर्त अनुदानमा भएको त्रुटि सच्याउने प्रतिबद्धता प्रदेश २ का मुख्यमन्त्री ...