धनुषामा निषेधाज्ञा खुकुलो

इकागज | असार १५, २०७८

जनकपुरधाम : धनुषामा निषेधाज्ञा थप खुकुलो बनाउंदै एक साता थप गरिएको छ । मंगलबारदेखि लागू हुने गरी जिल्ला भित्र सवारी साधन सञ्चालन गर्न पाउने छुट दिइएको छ । जिल्लाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधन बाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोलाले जानकारी दिएका छन ।

यसअघि जिल्लामा दुई पांग्रे र रिक्सा लगायतका सवारी साधन मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको थियो । तर संक्रमणको दर घटदै गएपछि जिल्ला भित्र अन्य सवारी साधन पनि चलाउन पाउने निर्णय गरिएको प्रजिअ बास्तोलाले बताए । 

जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट मंगलबारदेखि लागू हुने गरी पुनः असार २१ गतेसम्मको लागि निषेधाज्ञा बढाउने निर्णय गरिएको हो । अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

हुलाकी सडक : बलान र कमला नदीमा पुल निर्माण, तीव्र गतिमा सडक कालोपत्र

इकागज | असार १४, २०७८

लहान : लामो समयको प्रतीक्षापश्चात् पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहाको बलान नदी र कमला नदीमा ...

सम्सीका अध्यक्षको बठ्याइँ : पदमुक्त हुनु अगाडि वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी

सुभाष कर्ण | असार १२, २०७८

जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुखले पद मुक्त हुनु एक दिन अगावै असार १० गते व...

मौलापुरका नगर प्रमुख र उप-प्रमुख रिक्त : नगरका काम कसले गर्ने ?

सुभाष कर्ण | असार १२, २०७८

जनकपुरधाम : रौतहट जिल्ला मौलापुर नगरपालिकाका प्रमुख र उप-प्रमुख बर्खास्त भएसँगै कसरी काम गर्ने अन्यौल पै...