कोभिड-१९ : दुधपानी गाउँमा एकैपटक ४६ जना संक्रमित

इकागज | जेठ ५, २०७८

जनकपुरधाम : धनुषाको एक नगरपालिकामा एकै गाउँका ४६ जना कोभिड-१९ संक्रमित भएका छन् । जिल्लाको मिथिला नगरपालिका ११ दुधपानी गाउँका ४६ जना व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको नगरप्रमुख हरिनारायण महतोले बताएका हुन् ।

सो गाउँमा एकैपटक धेरैलाई ज्वरो आएपछि आफू कहाँ जानकारी आएपछि ५४ जनाको स्वाब संकलन गराई पीसीआर परिक्षण गराउँदा ती मध्ये ४६ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । मेयर महतोले भने,'संक्रमित भएकामध्ये एकजना बाहेक सबैको अवस्था सामान्य छ, स्वास प्रश्वासमा समस्या देखिएका गम्भीर बिरामीलाई उपचारका लागि सिन्धुली पठाएको छु, अन्य संक्रमित होम आइसोलेशन बसेका छन तर तिनीहरूको स्वास्थ्यमा थप कुनै समस्या देखिए उपचारका लागि नगरपालिकाले तयार पारेको कोभिड विशेष अस्पताल र आइसोलेशनमा राखिनेछ ।'

मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

इकागज | जेठ ४, २०७८

जनकपुरधाम : नेपाल विद्यार्थी संघले प्रदेश-२ सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग्दै...

महामारी नियन्त्रणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघीय निकायहरूलाई प्रदेश सरकारको अपिल

इकागज | जेठ ३, २०७८

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड महामारी नियन्त्रणमा आवश्वयक सहयोग गर्न प्रदेशस्थि...

जनकपुरका अस्पतालहरूमा अक्सिजन अभाव: गम्‍भीर संक्रमितको उपचारमा समस्‍या

सुभाष कर्ण | जेठ ३, २०७८

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पताल र विभिन्न निजी अस्पतालहरूमा अक्‍सिजन अभाव हुन थालेको छ...