पर्सामा एकै दिन १० संक्रमितको मृत्यु

इकागज | बैशाख २८, २०७८

वीरगञ्ज : पर्सामा पछिल्लो २४ घण्टामा १० जना कोभिड संक्रमितको मृत्यु भएको छ । आइतबार बेलुका ८ बजेदेखि सोमबार बेलुका ८ बजेसम्ममा १० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोभिड अस्पतालमा तीन जना, एडभान्स अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा एक एक जना गरी १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकरी पिताम्बर घिमिरेले जानकारी दिए ।

नारायणी अस्पतालमा मात्रै सोमबार पर्साका ३ र बाराका २ जना गरी ५ जनाको मृत्यु भएको जानकारी अस्पतालका मेसु डा. संजय ठाकुरले जानकारी दिएका छन । नारायण अस्पतालमा वीरगञ्ज महानगरपालिका–१० कि ६९ वर्षीया महिला, वीरगञ्ज–४ कि ४० वर्षीया महिला र पर्साको बहुदरमाई नगरपालिका–२ सिसयारी बैरियाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै नारायणी अस्पतालमै बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १४ बेहरी बस्ने ७० वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका– ७ निजगढ टोल बस्ने ६० वर्षीय पुरुषको पनि मृत्यु भएको जनाइएको छ ।

यस्तै नेशनल मेडिकलको कोभिड अस्पतालमा बाराका एक जना र पर्साका दुई जना गरी तीन जनाको मृत्यु भएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेशनल मेडिकलमा मृत्यु हुनेहरुमा वीरगञ्ज– २ छपकैयाका ६५ वर्षीय पुरुष, वीरगञ्ज– १३ मुर्लीका ६५ वर्षीय पुरुष र बाराको कलैया उपमहानगरपालिका ५ का ५२ वर्षीय पुरुष रहेका छन् ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका वीरगञ्ज १० आदर्शनगरकी ६० वर्षीया महिला र वीरगञ्जको एडभान्स अस्पतालमा पर्साको धोविनी गाउँपालिकाकी ७० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्याल पर्साले जनाएको छ । 

प्रदेश २ मा प्रहरी छापा : लुकाएर राखेको सात सय अक्सिजन सिलिण्डर नियन्त्रण

इकागज | बैशाख २६, २०७८

जनकपुरधाम : कोभिड संक्रमण बढ्दै गएको बेला अक्सिजन ग्यासको पनि उत्तिकै हाहाकार मच्चिएको छ । बिरामी ...

डिजे पार्टी गरिरहेको दुलाहासहितका युवाद्वारा प्रहरीमाथि हातपात, तीन जना पक्राउ

इकागज | बैशाख २४, २०७८

जनकपुरधाम : सिरहाको कल्याणपुर नगरपालिकामा वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लlल गीत बजाइ रहेको ...