महोत्तरीमा जलेर बालकको मृत्यु

इकागज | बैशाख १५, २०७८

महोत्तरी : पिपरा गाउँपालिका–५ मा जलेर बुधबार बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन् ।

गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछ्यान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सरकारी निर्देशन बेवास्ता गर्ने ११ बोर्डिङका संचालक र प्रिन्सिपल पक्राउ

इकागज | बैशाख १३, २०७८

जनकपुरधाम : बढ्दै गएको कोभिड-संक्रमणलाई दृष्टिगत गरी विद्यालय बन्द गर्ने सरकारको निर्णयलाई बेवास्ता ...