भारतमा कोभिड-१९ संक्रमण पुनः बढ्‍दै: सीमानाकामा छैन सतर्कता

सुभाष कर्ण | बैशाख ६, २०७८

जनकपुरधाम : छिमेकी राष्ट्र भारतमा पुनः तीब्र रूपमा कोभिड-१९ संक्रमण बढदै गएको छ । भारतमा संक्रमण पुनः भयावह रूपमा फैलिरहेको छ । त्यहाँ दिनहुँ  लाखभन्दा बढीको संख्यामा कोरोना संक्रमितहरू थपिइरहेका छन् । तर, सीमानाकामा भने कुनै सतर्कता अपनाइएको छैन। 

सीमा क्षेत्रमा भारतीय बजार भएको कारण दैनिक सयौंको संख्यामा सामान किनमेल गर्न सीमावर्ती क्षेत्रका स्थानीय आवात गर्दै आएका छन् । भारतीय क्षेत्रमा बजार लागेको दिन सस्तो सामान किन्न पाइन्छ भन्दै सयौँको संख्यामा नेपालीहरू निर्वाध भारत पुग्‍छन् ।  उनीहरूको न भारतीय एसएसबीले स्वास्थ्य जाँच गर्छन् न त नेपाली सुरक्षाकर्मीले नै । भारतमा संक्रमण बढेसँगे नेपालमासमेत पुनः संक्रमितको संख्याको बढदै गएको छ ।

सर्वसाधारणको आवत-जावतका लागि नेपाल सरकारले सीमानाका खोलेको भए पनि भारतले भने नाकामा कडाइ गरेको छ । मुख्‍य नाकामा भारतले सीमानामा कडाइ गरे पनि चोरबाटोबाट निस्फिक्री मानिसहरू आउजाउ गरिरहेका छन् । 

भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाने प्रदेश २ स्थित केही सीमानाकामा सामान्‍य तापक्रम नाप्‍ने काम गरिएको भए पनि बाँकी क्षेत्रमा कुनै चेकजाँच हुँदैन ।
प्रदेशस्थित छोटी नाकाको रूपमा रहेका महोत्तरीका भिट्ठामोडमा भारतबाट नेपाल छिर्ने सर्वसाधारणलाई न कुनै चेकजाँच हुन्‍छ न हेल्प डेस्क नै राखिएको छ । धनुषास्थित जटही नाकामा सीमा सुरक्षामा खटिएका प्रहरीले प्रक्रिया पूरा गर्ने उद्देश्यले थर्मल गनले शंका लागेका व्यक्तिलाई तापक्रम नाप्ने गरेका छन् । शसस्त्र प्रहरीले थर्मल गनले शरीरको तापक्रम नापेर बढी देखिएमा भारतबाट आएकालाई उतै फर्काउने गरेको छ । 

जटही र भिट्ठामोड नाका हुँदै दैनिक सयौं जना आवत-जावत गर्छन् । तर लामो दूरीबाट आएकाहरूको मात्रै रेकर्ड  राख्ने गरिएको छ । खुला सिमाना भएका कारण कडाइ गर्ने अवस्था नरहेको सीमा सुरक्षामा खटिएका प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरिक्षक सुरेश सापकोटाले भिट्ठामाडसहित हरेक सीमानाकामा निगरानी बढाएको बताए । तर खुल्ला सीमानाकामा भएको कारण थप कडाइ गर्ने अवस्था नरहेको उनको भनाइ छ । 'दैनिक सयौं व्यक्ति सामान किनमेल गर्ने सीमावर्ती क्षेत्रमा आवत-जावत गर्ने गर्छन,' उनले भने, 'तिनीहरूलाई रोक्ने वा पटक-पटक चेकजाँच वा रेकर्ड राख्न सम्भव छैन।'

उनले भने सबभन्दा बढी असुरक्षित सीमामा खटिएका सुरक्षाकर्मी नै हुन, सम्बन्धित निकायले तिनीहरुलाई न त कुनै सुरक्षा सामाग्री दिएको छ न कुनै हेल्प डेस्कमा स्वास्थ्यकर्मी उपलब्ध गराइएको छ । तरपनि निगरानी गर्दै क्षमता अनुसारको चेकजाँच गर्दै आएका छौं ।  

सम्बन्धित स्थानीय तह र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी सीमानाकामा हेल्प डेस्क राखेर चेकजाँचमा तीब्रता दिइने उनले बताए ।  'दुई/तीन दिनभित्रै हेल्‍थ डेस्क, चेकजाँच र रेकर्ड राख्ने काम सुरु गर्नेछौं' उनले भने । 

त्यस्तै धनुषाको जटही सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक दिनेश खडकाले खुल्ला सीमानाका कारण सयौंको संख्यामा आवत जावत भइरहेको बताए । तर हामी लामो दूरीबाट आएकाहरूको मात्र जाँच र रेकर्ड राख्ने गरिएको उनले बताए । अब भने निगरानी बढाउने उनले बताए ।

उनकाअनुसार अहिले दिनहुँ १० देखि १५ जना व्यक्ति भारतबाट नेपाली सीमामा प्रवेश गर्ने गरेका छन् । डिएसपी खडकाले सम्बन्धित निकायबाट हेल्थ डेस्क नराखिएकाले बाध्यतावश आफूहरूले नै थर्मल गनको सहायताले ज्वरो मापन गरेर आवत-जावत गर्न दिइरहेको उनको भनाइ छ ।

‘हामीसंग स्वास्थ्यकर्मी छैनन्, हामीमध्ये जसलाई स्वास्थ्यसम्बन्धी थोरबहुत जानकारी छ । हामीले उनीहरूलाई खटाएका छौँ, डिएसपी खड्काले भने,‘संक्रमण बढ्दै गएकाले हामी आफैंले स्वास्थ्य सतर्कता अपनाउनका लागि ज्वरो मापन गरेर मात्रै आउ-जाउ गर्न दिइरहेका छौं ।'

भारतमा संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गए पनि स्वास्थ्यकर्मी आभावले अहिलेसम्म सिमानाकामा हेल्थ डेस्क संचालन गर्न नसकिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए । स्वास्थ्यकर्मी व्यवस्थान गर्दै हेल्थ डेस्क राख्नेबारे हाम्रो छलफलमा रहेको र छिट्टै नै यसबारे निर्णय हुने उनले बताए । निमित्त निर्देशक झाले भने ‘कुनै कुनै बोर्डरमा हेल्थ डेस्कको स्थापना भइसकेको छ भने त्यहाँका कर्मचारीहरूलाई नाकाबाट आवतजावत गर्ने सबैको जानकारी अभिलेख गरी राख्न निर्देशन दिएका छौँ ।’

प्रदेश २ मा माओवादी केन्‍द्रका ४ सांसदलाई बर्खास्त गर्न सिफारिस

सुभाष कर्ण | चैत ३०, २०७७

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले प्रदेश २ का आफ्ना चारजना प्रदेश सभा सदस्यलाई बर्खास्त गर्न सिफारिस गरे...