प्रदेश-२ प्रमुख पदमुक्त प्रकरण

दिपेन्द्र झा भन्छन्- 'पार्टीभित्रकै विवादको उपज हो'

इकागज | फागुन ७, २०७७

काठमाडौँ : केन्द्र सरकारको सिफारिसमा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। शुक्रबार परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् ।

यही विषयमा प्रदेश-२का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोका कारण यो घटना घटेको प्रतिक्रिया दिएका छन्। यसमा प्रदेश २ को कुनै सम्बन्ध नरहेको उनले प्रष्ट पारे ।

हेर्नुस् इकागजसँग मुख्य न्यायाधिवक्ताको प्रतिक्रिया :

यो राजनीतिक अवस्थाको उपज हो जस्तो लाग्छ मलाई । अन्य कारण भन्दा पनि राजनीतिक कारण यस्तो भएको हो । यो नेकपाकै आन्तरिक राजनीतिक द्वन्द्व, अन्तरकलह, दुई गुटका कारण भएको देखिन्छ । यसका सहायक कारणहरू धेरै हुन सक्छन् । दुई नम्बर त स्टेबल नै छ ।

यो मामिला संघीय सरकारको हो त्यसले हामीलाई केही फरक पार्दैन । प्रदेश सरकारले ल्याएको विद्येयकको कारण होइन । यो पार्टी भित्रकै विवादको उपज हो । यो प्रदेश २ को विषय होइन संघीय सरकारको हो । उहाँ संघीय प्रतिनिधि हो ।

 

सहारा खोज्दै वृद्धाश्रम : भवन बनाउने र भाडा उठाउने प्रदेश मन्‍त्रीकाे योजना

सुभाष कर्ण | फागुन ७, २०७७

जनकपुरधाम : वृद्धअवस्थामा अरु बेलाभन्दा बढी हेरचाहको खाँचो हुन्छ । तर यही अवस्थामा सन्तान र आफन्तबाट बहि...

ओलीका कारण लोकतन्त्र गुम्‍ने खतरा : मुख्यमन्त्री राउत

सुभाष कर्ण | फागुन ७, २०७७

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्रले दिएको अ...

चारकोसे झाडीभित्रको बस्ती : जहाँ प्रजातन्त्रको अनुभूति देखिएन

इकागज | फागुन ७, २०७७

वीरगञ्ज : जहानियाँ राणाशासनको अन्त्य भएपछि देशमा प्रजातन्त्र आएको झण्डै ७० वर्ष हुन लागेको छ । तर प्रजातन्त्...

सय दिने कार्य योजना पनि अलपत्र, संघीय सरकारलाई गाली गर्नमै व्यस्त मुख्यमन्त्री

सुभाष कर्ण | फागुन ४, २०७७

जनकपुरधाम : प्रदेश-२ सरकारले स्थापनाको तीन वर्ष फागुन ३ गते पुरा गरेको छ । तर मुख्यमन्त्री लालबाबु राउत...

केपी ओलीको छोरा हुँ भन्‍दै रेलवे महाप्रबन्धक भट्टराईले दिए अपहरण गर्ने धम्‍की

सुभाष कर्ण | फागुन ३, २०७७

जनकपुरधाम : प्रदेश-२ का प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई नेपाल रेलवेका महाप्रबन्धक गुरु...

किर्ते गरेको आरोपमा सिम्रौनगढका प्रशासकीय अधिकृतसहित तीन पक्राउ

सुभाष कर्ण | फागुन २, २०७७

जनकपुरधाम : बारा प्रहरीले किर्ते हस्ताक्षरको आरोपमा जिल्लाको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ...