अस्‍पताल बनाउन सवा १ करोड मूल्‍य बराबरको जग्‍गा दान

इकागज | फागुन २९, २०७७

बर्दिबास : महोत्तरीका एक चिकित्सकले अस्‍पताल  बनाउन सवा १ करोड मूल्‍य बराबरको जमिन दान गरेका छन् । बर्दिबास नगरपालिका-३ पाटुस्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि दन्‍त रोगका वरिष्‍ठ चिकित्‍सक डा. सुवाश घिमिरेले एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्‍ठा जग्गा दान गरेका हुन् । 

दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको नगरप्रमुख विदुर कार्कीले शिलान्‍यास गरेका छन् । शिलान्‍यासमा वडा-३ का अधक्ष्य राजन ढुंगाना, डा.  घिमिरेका दाजु श्याम घिमिरेलगाएतको उपस्‍थिति थियो । 

सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्‍ने उद्देश्‍यले जग्‍गा दान गरेको डा. घिमिरेले बताए । नगर प्रमख बिदुर कार्कीले भवन एक वर्षभित्र निर्माण हुने बताए । उनले अस्‍पताल बनाउन नगरपालिकाले ४५ लाख रुपैयाँ सहयोग गर्ने  जानकारी दिए ।

संसद्‌मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन : उपप्रधानमन्त्री पोखरेल

इकागज | फागुन २७, २०७७

वीरगञ्ज : उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्‌मा देखिएका बेथितिको ...

समाजिक सुरक्षा भत्ता माग्दै औरही गाउँपालिकामा तालाबन्दी

सुभाष कर्ण | फागुन २३, २०७७

जनकपुरधाम : गत ८ महिनादेखिको बाँकी समाजिक सुरक्षा भत्ता माग गर्दै ज्येष्ठ नागरिकहरूले धनुषाको औरही गाउ...