गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

इकागज | फागुन २३, २०७७

लहान : एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका-५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका-१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिएका हुन् ।

फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोखे ।

इन्टरप्राइजेजका सञ्चालक जय साहले माछाको सबै समस्या सामाधान हुने भन्दै सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) दिएको र त्यही औषधि प्रयोग गरेको २४ घण्टा नबित्दै माछा धमाधम मरेको उनको भनाइ छ ।

करिब दुई महिनाअघि मात्र यादवले सो पोखरी रु आठ लाखमा तीन वर्षका लागि ठेक्का लिएका थिए । ठेक्का लिएलगत्तै हालेको विभिन्‍न प्रजातिका लाखौँ मूल्य बराबरका माछा सखाप भएको यादवले बताए । यता इन्टरप्राइजेजका सञ्चालक साहले आफ्नो औषधिले माछा नमरेको जिकिर गर्दै आएका छन् । रासस

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

इकागज | फागुन २२, २०७७

वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपरा...

प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमाथि कुर्सी प्रहार

सुवास कर्ण | फागुन २१, २०७७

जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथि सहकारीका सदस्यहर...

दोश्रो चौमासिकसम्म प्रदेश २ सरकारको खर्च साढे ९ प्रतिशत मात्र

सुभाष कर्ण | फागुन १९, २०७७

जनकपुरधाम : चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्म प्रदेश २ सरकारको बजेट खर्च साढे ९ प्रतिशत मात्रै छ...

अध्यक्षलाई कारबाहीको माग गर्दै स्थानीयद्वारा बटेश्‍वर गाउँपालिका कार्यालयमा तालाबन्दी

सुभाष कर्ण | फागुन १८, २०७७

जनकपुरधाम : स्थानीयले बटेश्‍वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई कारबाही गर्न माग गर्दै गाउँपाल...

गाउँपालिकाको गाडीमा भेटियो लाखौँ रूपैयाँ, अध्यक्ष भने हाम फालेर गायब

सुभाष कर्ण | फागुन १८, २०७७

जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षको गाडीबाट लाख...