भारतीयद्वारा ओरिया खोलामा अवैध उत्खनन्

इकागज | माघ २६, २०७७

वीरगञ्‍ज : पर्साको जगरनाथपुर गाउँपालिका-१ पिपलाडी बिसनपुरस्‍थित ओरिया खोलाबाट भारतीय पक्षले अवैध रुपमा  एकतर्फी बालुवा उत्खनन् गर्नेक्रम रोकिएको छैन । दैनिक एक हजारभन्दा बढी भारतीय ट्र्याक्टरले खोलामा पसेर जथाभावी बालुवा उत्खनन् गरिरहेको स्थानीयवासी बताउँछन् ।

विगत २० वर्षदेखि खोलाको स्वामित्वका बारेमा दुईदेशबीच विवाद छ । तर, भारतीयले खोलाबाट अवैध रूपमा बालुवा उत्‍खनन् गरिरहेको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए । तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता उनीहरूले पुनः अवैध रूपमा बालुवा निकाल्न थालेको उनकाे भनाइ छ । 'विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनःअवैधरुपमा बालुवा निकाल्न थालेका छन्' उनले भने ।

खोला नजिकै  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत छ ।  केही दिनअघि एकतर्फीरुपमा बालुवा उत्खनन गर्ने दुई  ट्र्याक्टर कब्जामा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए  । वारि पर्साको पिपडाडी गाउँ रहेको छ भने पारि भारतको भङ्गहा । बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै  अनुगमन गरी दोषीमाथि कारवाही गरिने बताए । रासस

प्रतिनिधि सभा पुनःस्थापना भए अहिलेको समस्या समाधान हुन्छ : उपसभापति निधि

इकागज | माघ २६, २०७७

पर्सा : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रति...

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा यसरी भयो कमिशनको खेल

सुभाष कर्ण | माघ २६, २०७७

जनकपुरधाम : पटक-पटक कमिशनका लागि विवादमा तानिएको प्रदेश-२ समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपू...

अहिले मुलुक प्रगिमनतर्फ धकेलिनुमा मधेसी जनता पनि दोषी छन् : निधि

इकागज | माघ २४, २०७७

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले गत निर्वाचनमा मधेशी जनताले मधेसमा कांग्रेसलाई...

ज्यान मार्ने उद्देश्यले नेताहरूमाथि आक्रमण गरिएको दाहाल–नेपाल समूहको आरोप

सुभाष कर्ण | माघ २३, २०७७

जनकपुरधाम : नेकपा दाहाल–नेपाल समूहले आफ्ना नेताहरूको ज्यान मार्ने उद्देश्यले सुनियोजित रुपमा प्रह...

पूर्वमन्त्री यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

इकागज | माघ २२, २०७७

जनकपुरधाम : जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएकामध्ये पूर्वमन्त्री मातृका यादव र रामचन्द्र झासहि...

पूर्वमन्त्री यादव र झासहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिदैँ

सुभाष कर्ण | माघ २२, २०७७

जनकपुरधाम : जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएकामध्ये पूर्वमन्त्री मातृका यादव र रामचन्द्र ...