कोभिडका कारण विवाहपञ्‍चमी प्रभावित

सुभाष कर्ण | मंसिर २८, २०७७

जनकपुरधाम : प्रत्येक वर्ष श्रीराम जानकी विवाह महोत्सवको अवसरमा जनकपुरधाममा मनाइने विवाह पञ्चमी कोभिड-१९ महामारीका कारण प्रभावित हुने भएको छ । विगतमा नेपाल भारतका लाखौ श्रद्धालु भक्तजनको सहभागिता रहने विवाह पंचमी यसवर्ष औपचारिकतामा मात्र मनाइने भएको हो ।

यसअघिका वर्ष एक महिना अघिदेखि सरसफाई र सरसजावट लगायतका तयारी गरिन्थ्यो तर यसवर्ष त्यस्तो कुनै तयारी गरिएको छैन । सोमबारदेखि विधिवत रुपमा शुभारम्भ हुने विवाह पञ्चमीको खासै तयारी र उत्साह देखिएको छैन । जानकी मन्दिरको प्राङ्गणमा कपडाको पण्डालले सामान्य रुपमा सजाउने कार्य सुरु गरिएको छ ।

विगतमा विवाहपञ्चमी सुरु हुन एक महिना अगावै मन्दिरलाई दुल्हिन झै सिंगारिथ्यो । तर यसवर्ष भने महामारीको कारण औपचारिकताका मात्र मनाइने जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले जानकारी दिए ।

पछिल्ला केही वर्षदेखि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाह पंञ्चमी महोत्सवको व्यवस्थापन गर्दै आएका थिए । तर यसवर्ष मन्दिरका महन्थ दासले स्वयं विवाहपञ्चमीको जिम्मा लिएका छन् ।

श्रोतकाअनुसार दुवै महन्थबीच आन्तरिक विवादका कारण रामरोशन दासले विवाह पञ्चमी महोत्सव व्यवस्थापनको जिम्मेवारी नलिएपछि महन्थ रामतपेश्वर दास वैष्णव आफै जिम्मेवारी लिएका छन् । विवाद नबाहिरियोस भनेर कोभिड महामारीको कारण महन्थ रामतपेश्वर दासले आफै जिम्मा लिएको दावी गर्छन् । विगतका वर्षमा मन्दिरमा केक काटिएको, विवाह पञ्चमी र जानकी नवमी लगायतका कार्यक्रमको व्यवस्थापनमा आर्थिक विषयलाई लिएर दुवै महन्थबीच विवाद रहेको स्राेतकाे दावी छ ।

गत वर्ष प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवका लागि ५० लाख रुपैयाँ सहयोग गरेको थियो, तर खर्च हिसाब सार्वजनिक नगरिएका कारण यसवर्ष प्रदेश सरकारले आर्थिक सहयोग गरेको छैन । मंसिर २९ गते सोमबारदेखि साप्ताहिक रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको पहिलो दिन जनकपुर नगरदर्शन, मंगलबार फुलवारी लिला, बुधबार धनुष यज्ञ, बिहीबार तिलकोत्सव, शुक्रबार मटकोर, शनिबार मुख्यदिन शुभविवाहको कार्यक्रम आयोजना गरिने भएको छ ।

अन्तिम दिन आइतबार रामकलेवा गरी प्रत्येक वर्ष झै विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ । केही दशकदेखि भारतको अयोध्याबाट विवाहपञ्चमीमा सहभागी हुन साधु सन्तसहितको जन्ती टोलीसमेत आउने छैन ।

अयोध्याबाट आउने जन्ती पक्षले भगवान श्रीरामको अभिभावकको भूमिका निर्वाह गर्दै आएका थिए भने दुल्ही पक्षबाट माता जानकीको अभिभावकको रुपमा जानकी मन्दिरको महन्थ लगायतका साधु सन्तहरु रहने गथ्र्यो ।

यसवर्ष अयोध्याबाट जन्ती नआउने भएपछि राम मन्दिरका महन्थ बाबा रामगिरी दुल्हा पक्षको अभिभावक र जानकी मन्दिरको अभिभावक जानकी मन्दिरका महन्थ रामतपेश्वर रहनेछन् । 

विमानस्थल स्तरोन्नतिमा सहयोग गर्न मन्त्री भट्टराईको आग्रह

सुभाष कर्ण | मंसिर २३, २०७७

जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुरधाम विमानस्थललाई क्षेत्रीय रु...

संघीय सरकारविरुध्द प्रदेश २ ले हाल्यो सर्वोच्चमा रिट

सुभाष कर्ण | मंसिर १८, २०७७

जनकपुरधाम : संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुध्द सर्व...